Monday, February 28, 2011
विद्यार्थीको आँखा परीक्षण
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने: दिनानाथ शर्मा
मुस्ताङमा नया शैक्षिकसत्र सगै विद्यार्थी भर्ना अभियान शुरु
अन्तरजातीय विवाह गर्ने १५ जोडी सम्मानित
स्ववियू निर्वाचनको मिति तोक्न नेविसंघले दवावमुलक कार्यक्रम गर्ने
सातबुँदे सहमतिको विषयलाई लिएर घोचपेच
काठमाडौंमा चोरी हुने मोटरसाइकलहरुको जिल्लाका ग्रामिण सडकहरुमा
फागुन १६ नुवाकोट । राजधानी काठमाडौंमा चोरी हुने मोटरसाइकलहरुको जिल्लाका ग्रामिण सडकहरुमा गुड्ने क्रम बढेको छ । ग्रामीण भेगलाई कच्ची मोटरबाटोले भए पनि सदरमुकाम र स्थानीय बजारसंग जोडिए पछि चोरीको मोटरसाइकल भित्रिने क्रम
पनि बढेको प्रहरीको भनाई छ ।
तिर भने जान सकेको छैन । जिल्लाका ६१ गाविस मध्य ५८ गाविस मोटरबाटोेले जोडिएका छन् । ग्रामीण भेगमा कुद्ने मोटरसाइकलको विल बुक र चालकको अनुमति पत्र खोज्ने कुनै निकाय नभए पछि राजधानीमा हराएका बाइक नुवाकोटमा
विगविगी बढेको हो ।
लागेको बाइक समाप्न निर्देशन दिएको प्रहरी नायब उपरिक्षक बालकृष्ण थापाले बताउनुभयो ।
हामी पनि के कम !
मुस्ताङ जिल्ला परिषदको तयारी तिब्र
Sunday, February 27, 2011
ढाका बुन्दै गोरखाका मगर महिला
किसानहरुको लागी अति राम्रो हावापानी र माटो भएको नुवाकोट जिल्ला
अन्तर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी विदुरनगरपालिकालाई तीन स्वार्ण सहित ६ पदक
एक परिवारमा चार जना सदस्यहरु शरिरीक अपाङ्ग
झलनाथ नेतृत्वको वर्तमान सरकार ढल्छ: उपेन्द्र यादव
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो
आन्तरिक पर्यटन
अन्जुलले गरे कृष्णविक्रम थापा सगींत विकास कोषको स्थापना
लोडसेडिङको मौकामा मझुवा गाविसमा चोरी भयो विजुलीको तार
साँफेवगर महोत्सवको तयारी
Saturday, February 26, 2011
आगलागीबाट १३ घर नष्ट
लिबियामा अलपत्र ६२ नेपालीको उद्धार
टप्स र फिस्टेल फाईनलमा प्रबेश
मन्त्रीपरिषद चाँडै विस्तार गर्ने प्रधानमन्त्रीको भनाई
अदुवा बिक्री नहुँदा किसान मर्कामा
झलनाथ गुटको शोकमा केपी गुटको भोज
दलित र गरिबको विरुद्धमा लाग्न काँग्रेस नेताको व्हीप
दुईसाता अघि अपहरणमा परेका शुर्दशन फूयाल नुवाकोटवाट मुक्त
जनप्रेमी युवा क्लव प्रथम
गुरुङ जागरण अभियान
सहमतिको प्रयास जारी छ: नारायण काजी श्रेष्ठ
Friday, February 25, 2011
विवाह भाँडिएपछि नेपाली सेनाका जवान वेहुलीको खोजीमा गाउँ-गाउँ पसे
फागुन १३ नुवाकोट। दोस्रो विवाह गर्न जन्ती सहित बेहुलीको घर पुग्दा विवाह भाँडिएपछि गेर्खुका नेपाली सेनाका जवान वेहुलीको खोजीमा गाउँ गाउँ पसेका छन् । ढाँटेर दोस्रो विवाद गर्न जिलिङ गाविस वडा नं २ पुगेका गेर्खु गाविस वडा नं १ माझगेर्खुका नेपाली सेनाका जवान नारायण न्यौपानको विवाह भएको जानकारी पाएपछि केटी पक्षले त्यहाँबाट लखेटेको हो ।
तीन वर्षअघि फिकुरी गाविसकी सरस्वती अधिकारीसँग विवाह गरेका नेपाली सेनाको भवानी वक्सगणमा बुटवलमा कार्यरत न्यौपानेको श्रीमतीसंग सम्वन्ध नराम्रो भएपछि विहीवार उनी जन्तीसहित जिलिङ पुगेका थिए ।
पहिलो श्रीमति सरस्वती नै दोस्रो विवाह गर्न लागेको जग्गेमा पुगेर वास्तविकता खोलेपछिविवाह भाँडिएको थियो । वुटवल स्थित नेपाली सेनाको भवानी वक्स गणमा कार्यरतन्यौपानेको पहिलो सन्तानका रुपमा दुई वर्षिया एक छोरी समेत छिन् । एक ठाउँबाट भगाएपछि फेरि राति नै अर्को ठाउँमा विवाहको तयारी गरेको बताउँदै युवा माधव गजुरेलले उनीहरु जसरी पनि विवाह गरिछाड्ने भन्दै गाउँ पसेको बताउनुभयो ।
आफन्तका साथ सानो समूहमा दुलही लिन निस्केका न्यौपानेको विवाह भइसकेको पुष्टी पछि टोली राति नै जिलिङकै अर्को गाउँमा पुनः अर्को केटीसँग विवाहको तयारी गरेको थियो । त्यो विवाह पनि स्थानीय युवाहरुले भाँडिदिए पछि उनीहरु दोस्रो विवाह गरीछाड्ने भन्दै दुईपिपल, रातमाटे लगायतका गाउमा केटी खोज्दै हिँडेका छन् ।
सामाजिक मान्यता अनुसार विवाहमा साईतगरी दुलही लिन निस्कदा दुलही नलिई घर फर्कन नहुनेरीतीलाई अनुसरन गदै न्यौपाने परिवार गाउँ पसेको हो । न्यौपानेको श्रीमती सरस्वती भने सामाजीक न्याय माग्दै सदरमुकाम विदुरमा न्यायको खोजीमा हिड्नुभएको छ ।
संयुक्त राष्ट्रसंघ महासभाको अध्यक्ष पदका लागि नेपाल र कतारबीच प्रतिस्पर्धा हुँदै
राष्ट्रसंघका पूर्वउपमहासचिव समेत रहिसकेका गौतमले चुनावी मैदानमा भाग लिनुभएको छ । यसपटक महासभाको अध्यक्ष पद एसियाबाट चयन गर्न पालो भएकाले आज राष्ट्रसंघ महासभामा एसियाका ५३ राष्ट्रले गोप्य मतदान गर्नेछन् ।
एसियाली राष्ट्रहरुले निर्वाचित गरिसकेपछि राष्ट्रसंघका बाकी सदस्य राष्ट्रहरुले अनुमोदन गर्ने प्रावधान छ ।
नेपाल विद्यार्थी संघ जन कल्याण उच्च माध्यमिक बिद्यालय गोहोरेको आयोजनामा अन्तर कक्षा स्तरिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १० , कक्षा ११ र १२ को संयुक्त समुहलाई एक सुन्य को गोल अन्तरले पराजित गर्दै प्रथम भएको छ ।
पाँच समुह सहभागिता रहेको प्रतियोगितामा कक्षा ११र१२ को संयुक्त टिम द्धितिय र कक्षा आठ तृतिय भएको छ ।
प्रतियोगिताको उतकृष्ट खेलाडि अनिल गुरुङ, उत्कृष्ट गोलरक्षक एक बहादुर राना भएका छन भने अनुशासित टिम कक्षा नौ भएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी तरुणदल गोरखाका उपाध्यक्ष एवं नेपाली कांग्रेस क्षेत्र नं २ का सभापती गोविन्द गुरुङले विद्यार्थी जगतमा हस्तक्षेप विनाको स्वतन्त्रत्र रपमा स्वतन्त्र अधिकार उपभोग गर्न पाए मात्र देशको भविष्य सुन्दर हुने बताउनु भयो ।
कार्यक्रमामा विशेष अतिथी नेविसघं गोरखाका सभापती रिजनद्धारे मगर, नेविसघं गोरखाका सचिव रुप बहादुर गुरुङ, नेविसघं गोरखा ईकाई सभापती श्रीकृष्ण पौडेल, तरुण दल श्रीनाथकोटका अध्यक्ष सुरज ढकाल, विद्यालयका प्राचार्य कमलप्रसाद ढकाल नेपाल शिक्षकका सघं जिल्ला कमिटी गोरखाका सदस्यहरु सरोज ढकाल, सगुना ढकाल, लक्ष्मी भुजेल, नेकपा एमालेका जिल्ला कमिटी सदस्य चन्द्र भुजेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम नेविसघं जनकल्याण उच्च मा वि का सभापती रजन्ती पोखरेलको सभापतित्वमा सम्पन्न भएको हो ।
साथै प्रतियोगिता समापन पछि आयोजित अन्तरक्रिया कार्यक्रमा प्रमुख अतिथी गोविन्द गुरुङ, विशेष अतिथी रिजनद्धारे मगर, अतिथीहरु रुपबहादुर गुरुङ, श्रीकृष्ण पौडेल लगायतले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सञ्चालनका लागी आवश्यक सामाग्री जिल्ला खेलकुद विकास समिती गोरखाले उपलव्ध गराएको थियो ।
माओवादीले जाली तमसुक गरेर एमालेलाई फसाउन खोज्यो: केपी ओली
फागुन १३ पर्सा । नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीले सात बुँदे सहमतिको नाममा एमालेलाई जाली तमसुक गर्न लगाएको आरोप लगाउनु भएको छ । पर्साको वीरगन्जस्थित नेश्नल मेडिकल कलेजमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ओलीले यस्तो आरोप लगाउनु भएको हो।
सात बुँदेको नाममा माओवादीले देखाएको उदारता डरलाग्दो र षडयन्त्रपूर्ण भएको भन्दै ओलीले जाली तमसुक जस्तो गरी झुक्काएर सहमति गरेर माओवादीले लोकतन्त्रमा षडयन्त्र गरेको बताउनु भयो ।
कुर्सीको लागि माओवादीले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै नेता ओलीले लोकतन्त्रको नाममा षड्यन्त्र भए कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने स्पष्ट पार्नुभयो । मोलतोलको राजनीति छोडेर बहुदलीय प्रतिस्पर्धामा आउन उहाँले माओवादीलाई सुझाव पनि दिनुभयो ।
जनसेना र हतियारको टुङ्गो नलागेसम्म माओवादीलाई गृह र रक्षा मन्त्रालय नदिने एमालेको बटमलाईन रहेको भन्दै उहाँले सात बुँदे सहमतिलाई एमालेले अनुमोदन गरिसकेकाले यस विषयमा बखेडा झिक्नुको कुनै अर्थ नरहेको बताउनु भयो ।
दलहरुबीच विश्वास र सहकार्य आवश्यक रहेको बताउँदै अहिलेकै अवस्था कायम रहे बाँकी तीन महिनाको अवधिमा शान्ति र संविधानले पूर्णता पाउन नसक्ने ओलीको ठोकुवा छ।
तेस्रो खैरेनीटार महोत्सव २०६७ आजबाट सुरु
महोत्सवको पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले एक समारोहका विच उद्घाटन गर्नुभयो ।तनहुँ उद्योग वाणिज्य सङघ, खैरेनीटार बजार ईकाई समिति र खैरेनीटार गाविसको संयुक्त आयोजनामा सञ्चालन गरिएको महोत्सवको पहिलो दिन आज विभिन्न आदिवासी जनजातीका सस्कृती लाई दर्शाउने भेषभुषा नाच गान एवं झाँकीहरुका साथै तनहुँको मौलीक सस्कृती को रुपमा प्रचलित कौडा गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।
यस्तै महोत्सवको अर्को आर्कषणको रुपमा आदिवासी जनजाती कुमाल समुदायको रहनसहन, रितिरिवाज एवं जीवनशैली झल्कने नमुना घर पनि रहेको छ । महोत्सवका क्रममा पर्यटकिय एवं सांस्कृतिक महत्व बोकेको दगाम गाँउ ,ढोरवाराही मन्दिर ,तिनखोले देवीको मन्दिर लगायतको भ्रमण तथा नेपालमै सबैभन्दा सुरक्षित मानिएको जलविहारका लागि आकर्षक प्याकेज को कार्यक्रम राखिएको छ ।
महोत्सवमा विभिन्न खाना, कृषि उत्पादन,अटो,सूचना केन्द्र, प्राथमिक उपचार ,विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री ,घरेलु तथा हस्तकला उत्पादन, सेवामूलक संस्थाका प्रदशनी कक्ष र अन्य गरि १ सय ३० स्टल रहेका छन।खैेरेनीटार ९ दोभान निवासी कृष्णबहादुर रेग्मीले बनाउनुभएको एउटा गोरुले जोत्नमिल्ने हलो पनि महोत्सवमा प्रर्दशनीमा राखिएको छ । हिजोदेखि सुरु भएको महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र २ करोडको कारोवार हुने आयोजकको अनुमान रहेको छ ।
सन्दर्भ शहीद सप्ताह र वलिदान दिवस
नेपाली जनताको पूर्ण मुक्तिको लागि संचचालन गरिएको महान् जनयुद्धले आफनो गौरवमय १५ वर्ष पार गरेर १६ वर्षमा प्रवेश गरेको छ । नेपाल आमाको हजारौ सर्वात्तम छोराछारीको त्याग विरता र वलिदानआज हामी यस स्थानमा आईपुगेका छौ ।
दासताको जीवन भन्दा आजादीको मृत्यु नै कैयौं गुणा श्रेयकर भन्दै मध्य युगिन वर्वरतायुक्त नेपाली सामन्ती केन्द्रीकृत सत्ताको विरुद्ध धावा वोल्ने क्रममा महान् जनयुद्धका प्रथम शहीद दिल व रम्तेल बाट प्रारम्भ भएको वलिदानको इतिहास आज सम्म आई पुगेको छ । आफु मरेर संसार वदल्ने प्रण गरेका योद्धाहरुको वलिदानको सम्मान हामीले फाल्गुण १४ जनयुद्धका प्रथम शहीद दिल व देखि नेपाली कम्युनिष्ट आन्दोलनको चर्चित घटना सुखानी हत्या काण्ड पाmल्गुण २१ को एक हप्तालाई शहीद शप्ताहको रुपमा मनाउदै आएका छौ
।
मुक्ति वा परिवर्तनको लागि क्रान्ति र क्रान्तिमा वलिदान यो अनिवार्य र अपरिहार्य शर्त हो । क. माओले भन्नु भएझै वन्दुकको वलमा अडेको राज्य सत्ताको ध्वास्त वन्दुकबाट मात्र संम्भव छ । एउटा वर्गको शासन व्यवस्था ध्वंस पारेर अर्काे वर्गको शासन व्यवस्था स्थापना हुन क्रान्ति आवश्यक हुन्छ र वलिदान पनि । आज हामी जुन श्रद्धाका साथ भनिरहेका छौ महान् मान्छेहरु ति हुन जसले मानव जातिको सर्वाेत्तम खुसी र मुक्ति प्राप्तिको खातिर आफ्नो भौतिक शरीरलाई संघर्षको वलिवेदीमा होम्छन् र महान व्यक्तिको रुपमा स्थापित हुन्छन । हो तिनै योद्धाहरु प्रति यस शहीद सप्ताहको अवसरमा हार्दिक श्रद्धासुुमन । तीनै अमर योद्धाहरु प्रति हार्दिक श्रद्धाञ्जली ।
क्रान्तिलाई स्थापित र विकसित गर्दै जाने क्रममा हाम्रो आदरीणय गुरु माक्र्स भन्ुनु भए झै जीवन मरोस तर मृत्यु नवाचोस भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै नेपाली जनताको पूर्ण मुक्तिको अभियानलाई आजको दिनसम्म सफलता पुर्वक ल्याउन ति महान् योद्धाहरुको वलिदानबाट सम्भव रहयो र दशकौ देखि नेपाली जनतनमाथि अन्यायपूर्ण ढंगबाट शासन गर्ने शासक वर्गको मुल जरो छेदन भयो समग्र शासन व्यवस्था नभएपनि । वास्तविक नेपाली जनताको चाहना वमोजिमको शासन व्यवस्था स्थापित भने भएको छैन ।
हजारौ शहीदका सपना पुरा भएको छैन । यो पूरा गर्ने दायित्व अव सचेत स्वाभिमानि नेपाली जनताको काधका आएको छ । त्सलार्इृ पूरा गर्नु नै आजको अवश्यकता हो । सबै प्रकारका भेदभाव र उत्पीडन नेपाली जनता मुक्त भएका छैन । हाम्रो अभियानको उद्येश्य पूरा भएको छैन । दासताको वन्दन केही खुकलो देखिएको होला तर फुस्कीएको छैन । भरिया र मजदुरहरुलाई चौतारीमा भारि विसाएर फुको चिउरा खान दिएको होला तर उसलाई श्रमको मूल्य र अधिकार दिएको छैन । हामी सबै ठाउमा अधिकारबाट वन्चीत नै छौ र हामी हाम्रो अभियानमा निरन्तर छौ । अमर योद्धाको रातो रगत सफत खाएर भन्छौ हाम्रो अभियान जारी छ । हाम्रो युद्ध जारी छ जवसम्म मान्छेले मान्छे भएर वान्ने वातावरणको सिर्जना हदून तवसम्म हाम्रो यात्रा जारी छ । हामी हार्दैनौ र थाक्दैनौ पनि हजारौ अग्रजहको वाटोमा छो ।
त्याग विरता र वलिदानबाट नेपाली जनताले गरेका श्रेष्ठता र विजयमाथि यतिवेला प्रतिक्रियाबादी यथास्थितीवादी शक्ति हरु आफ्नो जाल झेल र भ्रमपूर्ण शासन व्यवस्थालाई टिकाउनमात्र होईन इतिहासमा अफनो अस्थित्व रक्षाको लागि नेपाली जनताका विरुद्ध अनेक नाटकको प्रपञ्च रचिरहेको छ भने अर्काे तर्फ क्रान्तिकारी जनता र त्यसको नेतृत्व गर्ने क्रान्तिकारी पार्टी ए ने क पा( माओवाद) जनतको संघिय गणतन्त्र स्थापना गर्ने दिशामा दृढतापूर्वक लागिरहेको छ ।
क्रान्तिकारी शक्ति र प्रतिक्रान्तिकारी शक्तिको यस भिषण संघर्षको चलिरहेको यतिवेला प्रतिक्रियावादीहरु भारतिय शासक वर्गको विस्तारवादी योजनामा उनको हस्तक्षेपलाई लागू गर्न दलाल गर्दै छन । स्वभिमानी भई वाच्न र आफनो स्वधिनताको रक्षाको लागि अव एकीकृत र संगठित भई त्यसको प्रतिरोध गर्नु पर्ने आवश्यकता छ । जनताको विद्रोह गर्न पाउने अधिकार सुनिस्चित गर्र्दै जनतको गणतन्त्र स्थापना गर्न अगि वद्नु नै मूल कुरा हो त्यसरी अघि वढनु नै शहीदहरुको वास्तवमा सम्मान हो र सम्मान हुने छ ।
र फेरी शहीद शप्ताह २०६७को अवसरमा महान् जनयुद्धका प्र्रथम शहीद दिल व . , महान् शहीद शुरेस वाग्ले लगायत वर्गिय मुक्तिको लागि चलेको महान् अभियानको क्रममा आफनो प्राण उत्सर्ग गर्नुहुने आदरणीय अग्रजहरु र हालसम्म पनि वेपत्ता रहनु भएका वेपत्ता योद्धाहरु प्रति प्रति भावपूर्ण श्रद्धाञ्जली । गहीरो स्मरण ।
पर्साको वीरगन्जस्थित नेश्नल मेडिकल कलेजमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रधानमन्त्री निर्बाचनमा माओवादीले देखाएको उदारता डरलाग्दो र षड्यन्त्रपूर्ण रहेको बताउनुभयो ।
‘सात बुँदेको नाममा माओवादीले देखाएको उदारता डरलाग्दो र षडयन्त्रपूर्ण छ,’ ओलीले भन्नुभयो, ‘जाली तमसुक जस्तो गरी झुक्काएर सहमति गरेर माओवादीले लोकतन्त्रमा षडयन्त्र गर्यो । कुर्सीको लागि माओवादीले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै नेता ओलीले लोकतन्त्रको नाममा षड्यन्त्र भए कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने स्पष्ट पार्नुभयो । मोलतोलको राजनीति छोडेर बहुदलीय प्रतिस्पर्धामा आउन उहाँले माओवादीलाई सुझाव पनि दिनुभयो ।
जनसेना र हतियारको टुङ्गो नलागेसम्म माओवादीलाई गृह र रक्षा मन्त्रालय नदिने एमालेको बटमलाईन रहेको भन्दै उहाँले सात बुँदे सहमतिलाई एमालेले अनुमोदन गरिसकेकाले यस विषयमा बखेडा झिक्नुको कुनै अर्थ नरहेको बताउनु भयो ।
नेता ओलीले दलहरुबीच विश्वास र सहकार्य आवश्यक रहेको बताउँदै अहिलेकै अवस्था कायम रहे बाँकी तीन महिनाको अवधिमा शान्ति र संविधानले पूर्णता पाउन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले कै अवस्थामा तोकिएको समयमा संविधान बन्छ भन्नु जनतालाई धोका दिने कुरा मात्र हो ।’
एस.एल.सी. तयारी तीब्र
फागुन १३ गोरखा । चैत्र १० गतेदेखि हुने एस.एल.सी. परीक्षाको लागि जिल्ला शिक्षा कार्यलय गोरखाले आफ्नो तयारी तीव्र पारेको छ । जिल्लामा उत्तर पुस्तिका आईसकेको र परीक्षा केन्द्र गतसालकै कायम गरिएको जिल्ला शिक्षा अधिकारी योगराज भट्टराईले बताउनुभयो ।
परीक्षा केन्द्र निर्धारण गर्दा विद्यार्थीको चाप र भौगोलिक अवस्थितिलाई प्रमुख आधार बनाइएको छ ।
एसएलसी परीक्षा समन्वय समितिको बैठक बसेर छिट्टै केन्द्राध्यक्षको निर्धारण भएको छ । यो वर्ष जिल्लाका नीजि र सामुदायिक गरी ८५ विद्यालयका ४ हजार ४ सय ८६ विद्यार्थी परीक्षामा सहभागी हँुदैछन् । ती मध्ये ४ हजार ३ सय १६ जना नियमित र एकसय ७० जना एकजाम्टेड समूहका परिक्षर्थी रहेको जिल्ला शिक्षा कार्यलय गोरखाका परीक्षा शाखाका एक कर्मचारीले जानकारी दिनुभयो ।
यो वर्ष माध्यमिक अनुमति पाएका थप छ वटा विद्यालय पनि एस.एल.सी.मा सहभागि हुने जिल्ला शिक्षा कार्यलयका भूमि सुवेदीले बताउनुभयो ।
गोरखा जिल्ला परिषद फागुन २८ मा हुने
फागुन १३ गोरखा। जिल्ला विकास समिति गोरखाले फागुन २८ गते हुने जिल्ला परिषदको तयारी तीव्र पारेको छ । सोही क्रममा जिल्लाका १३ वटै इलाकाको योजना तर्जुमा समितिको बैठक सकिएको स्थानीय विकास अधिकारी तिलक पौडेलले जानकारी दिनुभएको छ ।
इलाका स्तरबाट आएका सुझावलाई विषयगत समितिको बैठकमा छलफल गर्ने र २३ गते एकिकृत योजना तर्जुमा समितिको बैठक बस्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
विषयगत समितिको छलफल २० गते सक्ने र त्यसपछि जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद्हरुका राय सुझाव संकलन गर्ने तयारी भैरहेको पौडेलले जानकारी दिनुभयो । फागनु २८ गते परिषद गर्ने र २९ गते सार्वजनिक गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । सभासदहरुसँग रायसुझाव लिनको लागि उहाँ शुक्रवार काठमाण्डौ जानुभएको छ ।
नियमको परिधिभित्र रहेको मात्र आफुले काम गर्ने उहाँले जानकारी दिनुभयो ।
विद्यालयलाई आर्थिक सहयोग
फागुन १३ गोरखा । जिल्लाको उत्तरी गाउँ विकास समिति केरावारीमा रहेको जनज्योति निम्न माध्यमिक विद्यालयलाई कतारमा कार्यरत तारानाथ ढकालले २९ हजार ६०० रुपैंया नगद सहयोग गर्नुभएको छ ।
विद्यालयले भवन अभावका कारण भवन निर्माण कार्य गरिरहेकोले सो रकम भवन निर्माणमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक गुरुदत्त रेग्मीले जानकारी दिनुभयो ।
गोरखा सेवा समाज कतारका सदस्य समेत रहेका ढकालले विद्यालयमा शुक्रवार आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गर्नुभएको छ ।
प्रतियोगितामा सगरमाथा सदन प्रथम, अन्नपूर्ण सदन द्धितिय, धवलागिरी सदन तृतीय र माछापुच्छे सदन सान्त्वना स्थान ल्याउन सफल भएको विद्यालयका अर्का शिक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
केराबारी घर भएका ढकालले विद्यालयलाई अझै थप सहयोग गर्दै जाने बताउनुभएको छ ।
केरावारी दोहा कतार सम्पर्क मञ्चका संयोजक समेत रहेका ढकाल सोही गाउँ वडा नं. ३ का बासिन्दा हुनुहुन्छ ।
विद्यालयले उहाँलाई कदरपत्र दिएर सम्मान समेत गरेको प्रधानाध्यापक गुरुदत्त रेग्मीले थप जानकारी दिनुभयो ।
Thursday, February 24, 2011
मुस्कान !
दुई वर्षदेखि शिक्षिकाले तलव न पाए पछी जिल्ला क्षिक्षा कार्यालयमा निबेदन
माछाको उत्पादन नियमित बजारमा वितरण गर्न नसक्दा किसानहरु समस्यामा
फागुन १२ नुवाकोट। जिल्लाको पहिचानको रुपमा विकास हुदै गएको ट्राउट माछाको मुल्य घटाउन किसानलाई विज्ञहरुले सुझाव दिएका छन् । किसानहरुले एकलौटी ढंगबाट ट्राउट माछाको मुल्य बढाएको भन्ने गुनासो आएपछि विज्ञहरुले पनि मुल्य घटाएर विक्रि वितरण गर्न सल्लाह दिएका हुन् ।
ककनीको दोभानमा माछा पालक किसानसंग भएको अन्तरक्रियामा सहभागीहरुले माछाको गुणस्तर कायम नराखेमा व्यवसाय नै संकटमा पर्ने समेत चेतावनी दिएका छन् । अहिले किसानहरुले ट्राउट माछा प्रतिकिलो १ हजार रुपैयादेखि १ हजार २ सय रुपैया सम्ममा विक्री गर्दै आएका छन् ।
माछा महंगो भएपछि अहिले विक्रीमा कमी आएको किसानहरु बताउँछन् । एककिलो माछा उत्पादन गर्दा ७ सय रुपैया खर्च हुने जानकारी दिँदै त्रिशूली मत्स्य अनुसन्धान केन्द्रका प्रमुख साधुराम बस्नेतले केही रेष्टुरेन्टको कारण महंगिएको माछाको भाउका कारण सर्वसाधारणमा मार परेको बताउनुभयो । भुराको उत्पादन बढी हुने र पोखरीको माछा समयमा विक्री नहुदा भुरा खेर जाने संभावना बढेको ट्राउट माछा पालक किसान सहकारीका अध्यक्ष मदन लामाले बताउनुभयो ।
एक गाउ एक उत्पादन नुवाकोटको आयोजनामा भएको छलफलमा सहभागी विज्ञहरुले माछाको मुल्य घटाउन र गुणस्तर कायम गर्नु पर्नेमा जोड दिएका छन् । माछाको उत्पादन बढेको तर नियमित बजारमा वितरण गर्न नसक्दा केही किसानहरु समस्यामा समेत परेको बताईको छ ।
नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तथा एक गाउ एक उत्पादन कार्यक्रममा संयोजक शरण उत्सुक सापकोटाले किसानहरुले दाना, भुरा, माछाको मुल्यमा एक रुपता ल्याउन र सेवाको गुणस्तरलाई कायम राखेमा मात्र किसानहरुको भविष्य रहने बताउनुभयो । एक गाउ एक उत्पादन कार्यक्रमले ट्राउट प्रवद्र्धनमा सघाईरहेको नुवाकोटमा ५० परिवार माछा पालनमा संलग्न छन् ।
जिल्लामा ८ गाविसका ३ सय ५० वटा पोखरीमा माछा पालन भईरहेको छ । गत बर्ष ६० मेट्रिक टन माछा उत्पादन भएको थियो ।
नेपाली कामदारहरु घर फर्कने क्रममा ईजिप्टको सिमामा अलपत्र
घिमिरेले बताउनुभयो । केहीदिन यता लिवियामा भईरहेको सरकार विरोधी प्रदर्शनका कारण त्यहाँ कार्यरत बिदेशी नागरिकहरु सुरक्षाका कारण धमाधम घर फर्कन थालेका छन् ।
भष्ट्राचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि युएनसीएसी अनुमोदन
भष्ट्राचारका कारण नेपालको बदनाम भएको अवस्थामा महासन्धि अनुमोदनपछि अवस्था सुध्रिने सभासदले आशा व्यक्त गरेका छन् । संसदमा भएको छलफलका क्रममा नेकपा एमालेको प्रदीप ज्ञवालीले राज्यका कानून प्रभावकारी नभए अन्तराष्ट्रिय कानूनका आधारमा मात्र भष्ट्राचार निवारण गर्न नसकिने भएकोले कानूनमा सुधार गर्ने र भष्ट्राचार निवारण संस्थालाई सक्रिय बनाउनुपर्ने बताउनुभयो ।
ट्रान्सपरेन्सीको प्रतिवेदनले नेपालमा भष्ट्राचार विरुद्धको लडाइमा कमजोर रहेको संकेत गरिरहेको अवस्थामा महासन्धी अनुमोदनले सुशासनको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उहाँले यसका लागि राजनीतिक इच्छा शक्ति र दलहरुको आचरणमा पारदर्शीता जरुरी रहेको बताउनुभयो ।
माओवादीका एकराज भण्डारीले भष्ट्राचार आरोप प्रमाणित भइसकेको व्यक्ति जनप्रतिनिधिको रुपमा स्थापित भएर आउने परम्पराका कारण महासन्धी कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो । नेपाली कागे्रसका रमेश लेखकले भष्ट्राचारका कारण देशको इज्जत बिग्रेको अबस्थामा महासन्धी अनुमोदनवाट सुशासनका सम्बन्धमा नयाँ आशा जगाएको बताउनुभयो ।
महासन्धी कार्यान्वयनगर्न सरकारले अठोट गर्नुपर्ने उल्लेखगदैृ लेखकले यसकालागि कानूनमा सुधार र अख्तियार जस्ता संस्थालाइ सक्रिय बनाउनु पर्ने बताउनुभयो । राजपाका डा प्रकाशचन्द्र लोहनीले सत्तामा रहन जेसुकै गर्ने दलहरुको रबैयाका कारण महासन्धी कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, एमालेका रामनाथ ढकाल, मधेशी जनअधिकार फोरमका नन्दन कुमार दत्त र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालालगायतले महासन्धी अनुमोदन हुनु सकारात्मक भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा जोड दिएका थिए ।
संयुक्त राष्ट्रसंघले सन् २००३ अक्टोबरमा महासन्धी अनुमोदन गरेको थियो ।विश्वका १४८ मुलुकले अनुमोदन गरेको महासन्धी नेपालले सन २००३ को डिसेम्बर १० मा हस्ताक्षर गरेको थियो । छलफलमा सभासदले उठाएका प्रश्नको जवाफ दिंर्दै विना विभागिय मन्त्री विष्णु पौडेलले महासन्धी अनुमोदन भएपछि संगठित अपराधका रुपमा रहेको भ्रष्टाचार निवारणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
४० लिटर रक्सि नियन्त्रणमा लिइ सार्वजनिक स्थलमा नस्ट
आगलागी हुँदा ८ वर्षीय बालकको मृत्यु
लोकतन्त्रको संस्थागत विकासका लागि राजनीतिक दलहरु सहमतिमा आउनुपर्ने : राष्ट्रपति
हिंसा मच्चाएको भन्दै कर्णेल गद्दाफीको सरकारको कडा शब्दमा भर्त्सना
Wednesday, February 23, 2011
दुवै हात नभएकाले गाडी चलाए
पोलियो उन्मूलनको सन्देश प्रवाह गर्दै शान्ति ¥याली
नक्कली नोटको कारोबार बढ्दो
अन्तर्राष्ट्रिय भलिबलको फाइनलमा आर्मी र पुलिस
भक्तपुरमा जारी दोस्रो अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप वर्कस कप पुरुष भलिबलको आज भएको खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । स्थानीय सहिद स्मृति खेल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले बङ्गलादेशको पावर डेभेलपमेन्ट बोर्डलाई २५–१८, १५–२३, २५–१७ को सोझो सेटमा पराजित गरयो । खेलमा पुलिसका सञ्जय अर्याल म्यान अफ दि म्याच घोषित भए । त्यस्तै, अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
मुस्ताङको प्रचार प्रसारमा जुमुराए जोमसोमका युवा
रसुवामा योजना तर्जुमा गोष्ठी सम्पन्न
८० हजार निरक्षर महिला तथा पुरुषलाई साक्षर बनाउने
सिन्धुलीमा निजी क्षेत्रवाट साचालित पहिलो अस्पताल
फागुन ११ सिन्धुली। सिन्धुलीमा निजी क्षेत्रवाट साचालित पहिलो अस्पताल सिन्धुली जनरल अस्पताल प्रालिले आजवाट आफ्नो सेवा सुरु गरेको छ । अस्पतालको आज पूर्ब स्वास्थ्य मन्त्रि विपिन कोइरालाले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ ।
अस्पतालको उद्घाटन गर्दै कोइरालाले काठमाण्डौ लगाएत अन्य क्षेत्रका महङगा निजि अस्पताल भन्दा सस्तो र सहकारी अस्पताल भन्दा केहि महङगो शुल्क लिइ गुणस्तरिय सेवा दिने सके सेवाग्राहीले राहत पाउने र अस्पताल साचालन गर्न सहज हुने बताउनुभएको छ ।
अस्पतालले २४ सै घण्टा ओपिडिविरामी भर्ना एक्सरेभिडियो एक्सरे इसिजीदिसा पिसाव रगत खकार तथा अन्य ल्याव फार्मेसी र दन्त सेवा उपलब्ध गराउनेछ बताइएको छ ।
सरकारमा काग्रेस पनि सहभागी हुने बिना बिभागीय मन्त्रीको दावी
विद्यालयमा तालाबन्दी
जनयुद्धकी शहिद इन्दीरा विकको १० औँ स्मृती सभ
अनुप बाबु श्रेष्ठ
फागुन ११ गोरखा। जनयुद्धकी शहिद इन्दीरा विक सकुन्तला को १० औँ स्मृती सभा धावा २ गोर्खामा सम्पन्न भएको छ ।
शहिदकी आमा विवा विकको अध्यक्षता रहेको स्मृती सभामा एकिकृत नेकपा माओवादीका १० नं इलाका सेक्रेटरी विनोद पाण्डे, धावा गाँउ सेक्रेटरी मदन शाक्य, शहिद परिवार प्रतिनिधि कुमार वञ्जरा लगाएतको उपस्थिती रहेको थियो ।
स्मृती सभामा बोल्दै सहभागिले शहिदको सपना पुरा गर्ने अठोट ब्यक्त गरेका थिए । सोहि अवसरमा शहिद इन्दीरा विक सकुन्तलाको जिवनीका वारेमा समेत चर्चा गरिएको थियो ।
ट्याक्टर दुर्घटनामा २ जना घाईते
फागुन ११ गोरखा। जिल्लाको बुंकोट गाविस वडा नं। ३ चारघरेमा आज दिउँसो ट्याक्टर दुर्घटना हुदा २ जना घाईते भएका छन् । ना लु त ३७०२ नम्वरको ट्याक्टर डिलबाट तल खस्दा धादिङ जोगीमाराका चालक ४० बर्षिय कृष्ण श्रेष्ठ र चितवनका सहचालक ३० बर्षिय प्रेमलामा घाईते भएका हुन् ।
घाईते दुवैको अहिले गोरखा अस्पतालमा उपचार भईरहेको छ ।
महिला पनि विद्युत् जडान तालिम लिँदै
अनिता केसी फागुन ११ पर्वत । घरमा पुरुष नहुँदा विद्युत्सम्बन्धी समस्याले सताउन थालेपछि पर्वतको माझफाँट गाउँ विकास समितिका महिलाहरु आफै विद्युतसम्बन्धी तालिम लिन कस्सिएका छन् । घरमा बत्ती बाल्न जडान गरेको विद्युत्सम्बन्धी स–साना समस्याले पनि धेरै गाह्रो बनाएपछि महिलाहरु सामुहिक रुपमा विद्युत् जडानसम्बन्धी तालिम लिन थालेका हुन् । विद्युत् जडान तालिमपछि घरमा आईपर्ने विद्युत्सम्बन्धी सामान्य समस्याका लागि पनि गाउँका पुरुषलाई गुहार्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास उनीहरुमा छ । महिलाहरुकै अगुवाईमा पर्वत जिल्लामा नै पहिलो पटक महिलाका लागि विद्युत् जडानसम्बन्धी तालिम सञ्चालन गरिएको हो । नारी चेतना केन्द्र माझफाँटले गाउँ विकास समितिको सहयोगमा तालिम सञ्चालन गर्दै आएको छ । यसअघि विद्युत् जडानसम्बन्धी तालिममा पुरुषहरु मात्र सहभागी हुन्थे । महिलाले पनि गर्न सक्छन ’ स्थानिय अनिता खत्रीले भन्नुभयो –‘खतराको काम पुरुषले गर्ने महिलाले गर्न नहुने भन्ने छैन’। विद्युत् जडान तालिम लिनेमा धेरैजसो विवाहित महिलाहरु छन् । श्रीमान् विदेशमा भएकोले घरमा धेरै समय बस्ने महिलाहरु नै तालिम लिएर आफ्नो समाधान समाधानका लागि अग्रसर देखिएका हुन् । उनीहरुले एक महिनामा विद्युत् जडानसम्बन्धी सामान्य जानकारी मात्र दिइने प्रशिक्षक राम श्रेष्ठ बताउनुभयो । बिजुलीको प्रयोग समेत महिला नै बढी गर्छन् । तत्काल काम चलाउन सहयोग पुरयाउने उद्देश्यले तालिमका लागि सहयोग गरिएको गाविस सचिव तिलोचन अर्यालले बताउनुभयो ।








